FAQs Complain Problems

डुम्रेधारापानी-४ स्थित गुम्बा

Read More

गाउँपालिकाको प्रशासकीय भवन

Read More

रा.वा. बैंक उद्घाटन समारोह

Read More

आठौं गाउँसभामा अध्यक्ष श्री लिलानाथ निरौला र उपाध्यक्ष श्रीमती समला राई

Read More

महिला दिवसको अवसरमा सांकृतिक कार्यक्रम प्रस्तुत गर्दै

Read More

रावा बेसी गाउँपालिकाको संक्षिप्त परिचय

भौगोलिक अवस्थिति

खोटाङ जिल्लाका दशवटा स्थानीय तहका आठ वटा गाउँपालिकाहरूमध्ये एक रावाबेसी गाउँपालिका  हो । जिल्लाको उत्तरी भागमा अवस्थित रावाबेसी गाउँपालिकाको केन्द्र साविक लामिडाँडा गाउँपालिका भई खार्पा केन्द्र रहेको थियो । यो जिल्लाको सदरमुकाम दिक्तेलभन्दा करिब १३ किलोमिटर उत्तरतर्फ पर्दछ । रावाबेसी गाउँपालिका नक्सामा हेर्दा उत्तरपूर्वबाट दक्षिण पश्चिमतर्फ लाम्चो परी बसेको छ । यस पालिकाका दुई वटा वडाहरू वडा नम्बर ४ र ५ उत्तरबाट दक्षिण रावाखोला तर्फ ढल्केका छन् भने बाँकी सबै वडाहरूमा वडा नम्बर ६ पूर्वदक्षिणबाट उत्तर रावाखोला तर्फ ढल्किएको छ भने क्रमशः वडा नम्बर १,२ र ३ दक्षिणतर्फबाट उत्तरपश्चिम ढल्किएका छन् । यसरी हेर्दा यस गाउँपालिकाका सबै वडाहरू रावाखोलालाई बीचमा पारी आम्नेसाम्ने रहेका छन् । वडा नम्बर ३ को उत्तर पश्चिमी भाग दूधकोशी नदीतर्फ ढल्किएको छ ।

स्थानीय तह पुनर्संरचना सुझाव आयोगको प्रतिवेदन २०७३ अनुसार कुभिण्डे, खार्पा, हौचूर, लामिडाँडा,दूबेकोल र डुम्रेधारापानी गरी छ वटा गाउँ विकास समितिहरूका सम्पूर्ण वडाहरूलाई मिलाएर गठन गरिएको हो । यसमा छ वटा पूर्व गाविसहरू छ वटा वडाहरूमा रूपान्तरण भएर सिङ्गो गाउँपालिका गठन भएको देखिन्छ ।

लिलानाथ निरौला

Image: 
फोन: 
९८१६७९७९५१\९८५२८५५१११
Post Box: 
रावा बेसी गाउँपालिका वडा नं ५ दुवेकोल खोटाङ

समला राई

Image: 
फोन: 
९८१३३३१६८२\९८१५२८५६१११
Post Box: 
रावा बेसी गाउँपालिका वडा नं ३ लामिडाँडा चिउरीबाँस खोटाङ